नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताएका छन् । बिहीवार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिष्टहरु विश्वमै सकिसकेको बताउँदै नेपालमा भने केही बढिरहेको बताए । उनले अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टहरु जस्तो नरहेको जिकिर गरे ।
‘संसारभर खत्तम भइसक्यो तर नेपालमा कम्युनिष्ट बढेको बढ्यै छ । हुनतः कम्युनिष्टहरु हिजोको जस्तो कम्युनिष्ट छैनन्,’ उनले भने, ‘उनीहरु डेमोक्रेट भइसकेको छ । आजको कम्युनिष्टलाई कम्युनिष्ट नै भन्न मिल्दैन ।’
कम्युनिष्टहरु अहिले डेमोक्रेट भइसकेको बताउँदै आजका कम्युनिष्टहरुलाई कम्युनिष्ट भन्न नमिल्ने तर्क गरे ।
अहिलेको संविधानअनुसार मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उनीहरुलाई कम्युनिष्ट भनिरहनु नपर्ने बताए । ‘अहिलेको संविधानअनुसार आइसकेको हुनाले मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उहाँहरुलाई कम्युनिष्ट भनिरहनु पनि पर्दैन तर उनीहरु मल्टीपार्टी डेमोक्रेटिकमा अडप्ट भइसकेका छन् । नाममात्रै बदल्न बाँकी छ । तर कम्युनिष्ट छैनन् उहाँहरु’ उनले भने ।
सभापति देउवाले अहिलेका कम्युनिष्टहरु कम्युनिष्ट नरहेको र उनीहरुले नाम मात्रै बदल्न बाँकी रहेको बताए ।